Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

इजरायली जेलबाट ३६९ प्यालेस्टिनी कैदी रिहा


एजेन्सी। इजरायली अधिकारीहरूले शनिवार इजरायल र हमास बीचको छैटौं बन्धक बन्दी आदानप्रदानका क्रममा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् ।

प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले मुक्त गरिएका कैदीहरूमा आजीवन कारावास भोगिरहेका ३६ जना व्यक्तिहरू र अक्टोबर ७, २०२३ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पक्राउ गरेका ३३३ बन्दीहरू समावेश रहेको बताए । प्यालेस्टिनी स्रोतहरू र प्रत्यक्षदर्शीहरूले कैदीहरूलाई परिवारका सदस्यहरू र रेडक्रसका कार्यकर्ताहरूले रामल्लाह सांस्कृतिक दरबारको आँगनमा स्वागत गरेका थिए । रिहाइअघि प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले रामल्लाहको पश्चिममा रहेको बेइटुनिया शहरमा आक्रमण गरेको बताए । हमास र इस्लामिक जिहाद दुवै प्यालेस्टिनी समूहहरूले शनिवार गाजामा राखिएका तीन इजरायली बन्धकहरूलाई रिहा गरेका छन् ।

जनवरी १९ देखि लागू भएको र ६ हप्तासम्म चल्ने युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत लगभग २ हजार प्यालेस्टिनीहरूको बदलामा ३३ इजरायली बन्धकहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ । अहिलेसम्म पाँच थाई नागरिकसहित १९ इजरायली बन्धकहरूलाई रिहा गरिएको छ ।


प्रकाशित मिति: ४ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?