Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

इजरायली जेलबाट ३६९ प्यालेस्टिनी कैदी रिहा


एजेन्सी। इजरायली अधिकारीहरूले शनिवार इजरायल र हमास बीचको छैटौं बन्धक बन्दी आदानप्रदानका क्रममा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् ।

प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले मुक्त गरिएका कैदीहरूमा आजीवन कारावास भोगिरहेका ३६ जना व्यक्तिहरू र अक्टोबर ७, २०२३ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पक्राउ गरेका ३३३ बन्दीहरू समावेश रहेको बताए । प्यालेस्टिनी स्रोतहरू र प्रत्यक्षदर्शीहरूले कैदीहरूलाई परिवारका सदस्यहरू र रेडक्रसका कार्यकर्ताहरूले रामल्लाह सांस्कृतिक दरबारको आँगनमा स्वागत गरेका थिए । रिहाइअघि प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले रामल्लाहको पश्चिममा रहेको बेइटुनिया शहरमा आक्रमण गरेको बताए । हमास र इस्लामिक जिहाद दुवै प्यालेस्टिनी समूहहरूले शनिवार गाजामा राखिएका तीन इजरायली बन्धकहरूलाई रिहा गरेका छन् ।

जनवरी १९ देखि लागू भएको र ६ हप्तासम्म चल्ने युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत लगभग २ हजार प्यालेस्टिनीहरूको बदलामा ३३ इजरायली बन्धकहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ । अहिलेसम्म पाँच थाई नागरिकसहित १९ इजरायली बन्धकहरूलाई रिहा गरिएको छ ।


प्रकाशित मिति: ४ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?