झापा। झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता बनाएका छन्।
शाहले हालसम्म १० हजार १९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका के. पी. शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का रणजित तामाङले ९० मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूको जम्मा १६५ मत रहेको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार