Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

समाचार


साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम

२२ श्रावण, काठमाडाैँ । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् । साउनको सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला

भारतीय प्रधानमन्त्री मोदीले गरे ५०० रेलवे स्टेशनको शिलान्यास

२२ श्रावण, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरेका छन् । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले जनतालाई राम्रो सुविधा उपलब्ध गराउने बताइएको छ । रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्महरूमा राम्रो बस्ने व्यवस्था,

घरको छत खस्दा तीन जनाको मृत्यु

२२ श्रावण, एजेन्सी । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार घरको छाना खस्दा तीन जनाको मृत्यु भएको छ । सो घटनामा अर्का एक जना घाइते भएका छन् । आज बिहान सबेरै अबन्द जिल्लामा भएको घटनामा तीन महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाका पीडित सबै

संसद अवरोध हटाउन सभामुख घिमिरेले बोलाएको बैठक १२ बजे बस्दै

२२ श्रावण, काठमाडाैँ । सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गरेको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सम्झौताको म्याद सकियो काम अझै  सुरु भएन

२२ श्रावण, सिन्धुली । तामाकोशी पुल निर्माण गर्न  ठेक्का सम्झौता अवधि सकिए पनि काम  अझै सुरुआत भएको छैन । तीन वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो ।  हालसम्म उक्त पुलको जगकै काम

पहिलो पटक महिला विश्वकपको अन्तिम १६ बाट बाहिरियो अमेरिका

२२ श्रावण, एजेन्सी । स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्न रेकटेङगुलर स्टेडियममा आइतबार भएको खेलमा स्विडेनले चार पटकको कीर्तिमानी विजेता अमेरिकालाई सडनडेथमा ५–४ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमा पुगेर खेल

आजको मौसम : भारी वर्षाको सम्भावना

२२ श्रावण, काठमाडाैँ । नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा

आँखा अस्पतालमा बिरामीको भीड

२२ श्रावण, चितवन । आँखा पाक्ने संक्रमण फैलिएपछि चितवनको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ । चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको अस्पताल अन्तर्गतका

ललिता निवास प्रकरण : पूर्वमन्त्री गच्छदारसहित ४ जना विरुद्ध पक्राउ पुर्जी जारी, जुनसुकै बेला पक्राउ पर्न सक्ने

२२ श्रावण, काठमाडाैँ । काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक जना राज्यमन्त्री विरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार

माधव नेपाल स्विट्जरल्याण्डको जेनेभा प्रस्थान

२२ श्रावण, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनि आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने

सम्वन्धित समाचारहरु