Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

भारतीय प्रधानमन्त्री मोदीले गरे ५०० रेलवे स्टेशनको शिलान्यास


२२ श्रावण, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरेका छन् । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले जनतालाई राम्रो सुविधा उपलब्ध गराउने बताइएको छ ।

रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्महरूमा राम्रो बस्ने व्यवस्था, अपग्रेड गरिएको प्रतीक्षालय र निःशुल्क वाइफाइ जडान लगायतका सुविधाहरू समावेश हुनेछन्।

प्रधानमन्त्री मोदीले आफ्नो सरकारले कुल १,३०० रेलवे स्टेशनहरूको पुनर्विकास गर्ने लक्ष्य राखेको र त्यसमा ५०८ रेलवे स्टेशनहरू विकास गर्न आइतबार शिलान्यास गरिएको बताएका छन् ।

‘ यो पुनर्विकास आयोजना रेलमार्गका साथै आम नागरिकका लागि देशमा पूर्वाधार विकासका लागि ठूलो अभियान हुनेछ,’ मोदीले भने ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?