Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

भारतीय प्रधानमन्त्री मोदीले गरे ५०० रेलवे स्टेशनको शिलान्यास


२२ श्रावण, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरेका छन् । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले जनतालाई राम्रो सुविधा उपलब्ध गराउने बताइएको छ ।

रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्महरूमा राम्रो बस्ने व्यवस्था, अपग्रेड गरिएको प्रतीक्षालय र निःशुल्क वाइफाइ जडान लगायतका सुविधाहरू समावेश हुनेछन्।

प्रधानमन्त्री मोदीले आफ्नो सरकारले कुल १,३०० रेलवे स्टेशनहरूको पुनर्विकास गर्ने लक्ष्य राखेको र त्यसमा ५०८ रेलवे स्टेशनहरू विकास गर्न आइतबार शिलान्यास गरिएको बताएका छन् ।

‘ यो पुनर्विकास आयोजना रेलमार्गका साथै आम नागरिकका लागि देशमा पूर्वाधार विकासका लागि ठूलो अभियान हुनेछ,’ मोदीले भने ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?