Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सम्झौताको म्याद सकियो काम अझै  सुरु भएन


२२ श्रावण, सिन्धुली । तामाकोशी पुल निर्माण गर्न  ठेक्का सम्झौता अवधि सकिए पनि काम  अझै सुरुआत भएको छैन । तीन वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो ।

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो ।  हालसम्म उक्त पुलको जगकै काम नभई म्याद सकिएको हो । पुल निर्माणका लागि तीन वर्षमा तीन  मेसिनसम्म निर्माणस्थलमा झारिएको देखिएको छ । यसबाहेक अन्य प्रगति छैन ।

निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन् । फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भएको छ । निर्माणस्थलमा झारिएका मेसिन महिनौँदेखि चलेका छैनन् । पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो । उक्त जेभीले पुल निर्माण हुने स्थानमा केही मेसिन, औजार र रड झारेको भए पनि काम अघि बढाएको छैन ।

रामेछापका तत्कालीन प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको बैठकले तामाकोशी पुलको निर्माण  अलपत्र पार्ने निर्माण व्यवसायीलाई तत्काल काम गर्न निर्देशन दिने निर्णय गरेको थियो ।  उक्त निर्णयबमोजिम निर्माण व्यवसायीलाई कारबाही प्रक्रियासमेत सम्बन्धित निकायले अघि बढाएको छैन ।

मध्यपहाडी सडक आयोजनाका अनुसार पुल निर्माणको लागि सम्झौता गरेको निर्माण व्यवसायीलाई पटकपटक निर्माण  थाल्नका लागि पत्राचार गरिएकोे छ ।  निर्माण व्यवसायीले भने अब गर्छु भनेर आलटाल गर्दै आइरहेका छन् । पुल निर्माणका लागि झारिएको फलामे डण्डी गुणस्तरीय हुनुपर्नेमा आयोजनाले जोड दिएको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?