Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

पहिलो पटक महिला विश्वकपको अन्तिम १६ बाट बाहिरियो अमेरिका


२२ श्रावण, एजेन्सी । स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्न रेकटेङगुलर स्टेडियममा आइतबार भएको खेलमा स्विडेनले चार पटकको कीर्तिमानी विजेता अमेरिकालाई सडनडेथमा ५–४ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमा पुगेर खेल सकिएको थियो । टाइब्रेकरमा स्विडेनकी फ्रिडोलिना रोल्फो, एलिन रुवेन्सन र हाना बेनिन्सले गोल गरिन् ।

नाथलि विजोर्नको प्रहार आकासिएको थियो । रेविका ब्लोमभिस्टका प्रहारमा अमेरिकी गोलरक्षक एलिसा नाहिर बाधक बनिन् । सडनडेथमा स्विडेनकी मागडालेना एरिक्सन र लिन हुर्टिगले गोल गरिन् ।

यस्तै टाइब्रेकरमा अमेरिकाकी एन्डी सुलीभान, लिन्डसे होरान र क्रिष्टि मेविसले गोल गरिन् । मेगान रापिनोई र सोफिया स्मिथको प्रहार बाहिरियो भने केली ओहोराको प्रहार पोस्ट्मा ठोकिएको थियो ।

सडन डेथमा एलिसा नाहिरले गोल गरिन् । क्वार्टरफाइनलमा स्विडेनले जापानसँग प्रतिस्पर्धा गर्नेछ । जापानले नर्वेलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

यस्तै सिड्नी फुटबल स्टेडियममा आइतबार नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले साउथ अफ्रिकालाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्यान्ड्सको जितमा जिल रुडले नवौँ र लिन्थ बियन्सटेनले ६८औँ मिनेटमा गोल गरिन् । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?