Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

समाचार


हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा

२४ ,कात्तिक ,झापा । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो । शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति

भारतबाट भित्रिने खसी–बोका रोक्न माग

२४ ,कात्तिक ,काठमाडौँ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । हिजो पत्रकार सम्मेलन गर्दै महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ । सरकारले किसानलाई उचित अनुदानको व्यवस्था गर्न

कञ्चनपुरमा प्लाष्टिक माला प्रतिबन्धित

२४ ,कात्तिक ,बेदकोट (कञ्चनपुर) । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो । दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा

बेलायतका राजाबाट दुःख व्यक्त

२४ ,कात्तिक ,काठमाडौँ । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित् भएको उल्लेख गरेका छन् । यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको

लाङ्टाङ पदमार्गमा पर्यटकको निधन

२४ ,कात्तिक ,रसुवा । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो । प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर

थन्कियो दुग्धजन्य पदार्थ

२४ ,कात्तिक ,चितवन । भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् । यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको

तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण

२४ ,कात्तिक ,तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ

भूकम्पले खोसेको गोरख–शोभाको खुसी

२४ ,कात्तिक ,कर्णाली । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

२४ ,कात्तिक ,बर्दिया । तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिकरूपमा पुष्पखेती

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

२४ ,कात्तिक ,मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । कामी र बुढाले

सम्वन्धित समाचारहरु