८ ,मङ्सिर ,गोरखा । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ । चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले जानकारी दिए । कार्यालयमा छजना
८ ,मङ्सिर ,जाजरकोट । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए ।
८ ,मङ्सिर ,कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन् । चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् । मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् ।
८ ,मङ्सिर ,मनहरी (मकवानपुर) । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास
८ ,मङ्सिर ,म्याग्दी । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना
८ ,मङ्सिर ,महोत्तरी । तराई/मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ । पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न
८ ,मङ्सिर ,बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राखेकि छन् । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उनले धानको उचित मूल्य पाउनुभएको छैन । व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै
कांग्रेस नेता प्रदीप पौडेलले सरकारको ध्यान भूकम्प पीडितको समस्यातर्फ भन्दा पनि सत्ता लिप्सातर्फ देखिएको बताएका छन् । भूकम्प पीडितको अस्थायी टहरा निर्माणका लागि पार्टीको निर्णयअनुसार पहिलो टोलीका रुपमा जाजरकोट आइपुगेका पौडेलले अस्थायी आवासका लागि प्रभावितलाई उपलब्ध हुनुपर्ने रकम प्राप्त हुन ढिलाइ भएको बताए । ‘सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास
काठमाडौ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक आक्रमण गर्ने ६ जनालाई जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले सो फैसला गरेको हो। उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा सांघातिक आक्रमण भएको थियो।
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ । भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईंले घोषणा गरे । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले यस्ताे चेतावनी दिए ।