Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीज्यू ! सरकारको ध्यान नागरिकमा कि सत्तामा?


कांग्रेस नेता प्रदीप पौडेलले सरकारको ध्यान भूकम्प पीडितको समस्यातर्फ भन्दा पनि सत्ता लिप्सातर्फ देखिएको बताएका छन् । भूकम्प पीडितको अस्थायी टहरा निर्माणका लागि पार्टीको निर्णयअनुसार पहिलो टोलीका रुपमा जाजरकोट आइपुगेका पौडेलले अस्थायी आवासका लागि प्रभावितलाई उपलब्ध हुनुपर्ने रकम प्राप्त हुन ढिलाइ भएको बताए ।

‘सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा गरेको थियो । घोषणा गरेको सहयोग रकम अझै सम्म पनि भुकम्प पीडित जनताको हातमा पर्न सकेको छैन’, पौडेलले भने, ‘यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ । एक त सहयोगका लागि धेरै नै ढिला भई सकेको छ भने अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्ता लिप्सामा देखिन्छ ।’

उनले जाजरकोटको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै गम्भीर बन्न सरकारलाई अपिल गरेका छन् ।‘अधिकांश घर क्षतविक्षत छन् । चिसो बढ्दै गएको छ । बिरामी, सुत्केरी, बालबालिका र वृद्ध वृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ’, उनले भने, ‘धेरै जसो परिवार सँग न्यानो लत्ता कपडा समेत छैन । यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थायी टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठन्डीमा जीवन रक्षा गर्न सकिँदैन ।’

पौडेलले मंसिर ७ को चटारोले सरकारलाई भ्याई नभ्याई भएको हुनसक्ने भन्ने कटाक्ष गर्दै थोरै समय निकालेर भए पनि यहाँका नागरिकको जीवन रक्षा गर्ने सवाललाई ध्यान दिन आग्रह गरेका छन् । पौडेलले यस विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई सचेत गराएका छन् ।

सम्माननीय प्रधानमन्त्री ज्यू

हामी जाजरकोटमा छौं । यहाँको अवस्था अत्यन्तै नाजुक छ । अधिकांश घर क्षतविक्षत छन् । चिसो बढ्दै गएको छ । बिरामी, सुत्केरी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ । धेरै जसो परिवार सँग न्यानो लत्ता कपडा समेत छैन । यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थाई टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठण्डीमा जीवन रक्षा गर्न सकिँदैन ।

सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा गरेको थियो । घोषणा गरेको सहयोग रकम अझै सम्म पनि भुकम्प पीडित जनताको हातमा पर्न सकेको छैन । यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ ।

एक त सहयोगका लागि धेरै नै ढिला भई सकेको छ भने अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्ता लिप्सामा देखिन्छ ।
मंसिर ७ काे चटारोले सरकारलाई भ्याई नभ्याई नै होला । थोरै समय निकालेर भए पनि यहाँका नागरिकको जीवन रक्षा गर्ने सवाललाई ध्यान दिन आग्रह गर्दछु । यस विषयलाई पहिलो प्राथमिकतामा राखेर अत्यन्तै गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई सचेत समेत गराउँछु ।

धन्यवाद ।

जय नेपाल !


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?