Trending
>>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

२० ,मङ्सिर ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

२० ,मङ्सिर ,सिरहा । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर कांगे्रस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम

पर्यटन प्रवर्द्धन गर्न बागलुङ महोत्सव

२० ,मङ्सिर ,ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ । पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नरेश कँडेलले

जुवातास खेलिरहेका १४ जना पक्राउ

१९ ,मङ्सिर ,काठमाडौँ । टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत नौ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : मन्त्री महत

१९ ,मङ्सिर ,काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ?

उत्पादन वृद्धि गर्न माटोलाई गुणस्तरीय बनाउनुपर्छ

१९ ,मङ्सिर ,काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले विभिन्न प्रकोपका कारण माटोको उर्बरा घट्दै गएकाले माटोलाई शतप्रतिशत शुद्ध बनाउनुपर्ने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा १०औँ विश्व माटो दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली माटोको गुणस्तरलाई उच्च राख्न कृषि भूमिको अनुपयुक्त प्रयोगलाई न्यूनीकरण

रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड : मन्त्री पाण्डे

१९ ,मङ्सिर ,गोरखा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमा रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड दिनुपर्ने बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकामा आजदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि उत्पादनलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सके मात्र गाउँमा रोजगारीको प्रशस्त

मुलुकका लागि माओवादी रुपान्तरण हुनुपर्ने

१९ ,मङ्सिर ,महोत्तरी । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन् । महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रुपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रुपान्तरित भएमात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल हुने

धेरै विश्वविद्यालयको कार्यबोझबाट प्रमलाई मुक्त गर्नुपर्ने

१९ ,मङ्सिर ,काठमाडौँ । मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीलाई सबै विश्वविद्यालयको ‘कुलपति’को जिम्मेवारीमा राख्न नहुने सांसदहरुले बताएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने गरी प्रस्तावित विधेयकमाथिको छलफलका क्रममा आजको बैठकमा राष्ट्रियसभा, विधायन व्यवस्थापन समिति सदस्यले राज्यका अरु धेरै महत्वपूर्ण कार्यमा प्रधानमन्त्री संलग्न हुनुपर्ने भएकाले धेरै ठाउँमा

राखेप सदस्य–सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

१९ ,मङ्सिर ,काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र यहाँस्थित चिनियाँ राजदूतावासका काउन्सिलरबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूतावासका काउन्सिलर वाङ दोङको नेतृत्वमा भएको भेटवार्तामा नयाँ वर्ष २०२४ का उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको राखेपले जनाएको छ । नेपालको

सम्वन्धित समाचारहरु