Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग


२० ,मङ्सिर ,सिरहा । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।

मङ्गलबार पत्रकार सम्मेलन गरेर कांगे्रस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो । कांग्रेस जिल्ला समिति सभापति रामचन्द्र यादवले जिल्लामा हुने गरेका अवैध गतिविधि तत्काल नियन्त्रण नगरिए आन्दोलन गर्ने चेतावनी दिए ।

“नेपाल–भारत खुला सिमानाबाट सङ्गठितरूपमा तस्करी हुने गरेको छ, चुरेको दोहन रोकिएको छैन”, सभापति यादवले भने, “अवैध गतिविधिलाई नियन्त्रण गर्न हामी सरकारसँग माग गर्दछौ ।”

त्यसैगरी सिरहा कांग्रेसले धान, सागसब्जी तथा फलफूलको उचित मूल्य निर्धारण गरी बजारीकरण गर्न, समयमै मलखाद तथा बीउबिजन उपलब्ध गराउन माग गरेको छ ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?