Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पर्यटन प्रवर्द्धन गर्न बागलुङ महोत्सव


२० ,मङ्सिर ,ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ ।

पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामग्रीसहित एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष रहने तथा तिनमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने उनले बताए ।

हरेक तीन वर्षमा हुँदै आएको महोत्सव कोभिड–१९ का कारण प्रभावित भएको थियो । महोत्सवका क्रममा पुरुष भलिबल प्रतियोगिता, नृत्य, दोहोरीलगायत प्रतियोगिता आयोजना हुनेछन् । महोत्सवको नारा ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ छ ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?