Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

समाचार


राष्ट्र बैंकद्वारा पछिल्लो आर्थिक झलक सार्वजनिक

काठमाडौं। चालू आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ५.३८ प्रतिशतमा झरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक महिनामा  महंगी ५.३८ प्रतिशतमा झरेको हो भने अघिल्लो असोज महिनामा मात्रै ७.५० प्रतिशत थियो भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८

भोजपुरमा ओलीलाई कालो झण्डा देखाउने पक्राउ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भोजपुर सदरमुकाममा पहिचानवादीले कालो झण्डा देखाएका छन् । मध्यपहाडी सङ्कल्प यात्राअन्तर्गत १५औँ दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, ओलीलाई कालो झण्डा देखाएको आरोपमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश

सरकारले हटायो स्वास्थ्य बीमाको सुविधा थैलीबाट चार औषधि

काठमाडौं। सरकारले स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’ हटाएको छ । यी चारवटै एन्टिबायोटिक औषधि हुन् । औषधि व्यवस्था विभागबाट सिफारिस नगरिएका सूचीमा रहेका औषधि प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाइएको बोर्डले जनाएको छ । त्यस्तै, स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री महत

पाटन। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरूमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरूको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सूचकहरूमा सुधार

धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षण गरिँदै

चितवन। जिल्लामा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम सुरु गरिएको छ । भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो । मङ्गलबारदेखि माटो परीक्षणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए । उनका अनुसार जोनअन्तर्गत् आठ

घुयलनेटाका भूकम्पपीडितमा झाडापखाला

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–१  घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो । भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुईरतीन दिनयता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताए । “गाउँका धेरैलाई पखालाले थला पारेको छ । बालबालिका र वृद्धावृद्ध बढी जोखिममा छन्”, उहाँले

तनहुँमा ‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’

डुम्रे,तनहुँ। तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’ अगाडि बढाइएको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि यस्ता जमिनको उपयोग गर्दै आयआर्जनसँग जोड्न लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख राजेशकुमार चौधरीले बताएका छन् । चौधरीका अनुसार प्रदेश सरकारले

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

सुन्दरहरैँचा,मोरङ। मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । उक्त नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताएका छन् । त्यसैगरी, बेलबारी–३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा

भारतद्वारा उदयपुरमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौं। भारत सरकारको सहयोगमा उदयपुरको बेलका नगरपालिकास्थित जनता बेलका माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री डा. नारायण खड्का र यहाँ स्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रशन्न श्रीवास्तवले सो भवनको बुधबार शिलान्यास गरे । नेपाल-भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको रु. तीन करोड ७९

९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोबल आईएमई बैंकको घोषणा

काठमाडौं। ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरूलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन् । ग्लोबल आईएमई बैंकको १७औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले बताएका हुन् । उनले बैंकको ७७ जिल्लाहरूमा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच

सम्वन्धित समाचारहरु