Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोबल आईएमई बैंकको घोषणा


काठमाडौं। ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरूलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन् ।

ग्लोबल आईएमई बैंकको १७औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले बताएका हुन् । उनले बैंकको ७७ जिल्लाहरूमा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९र०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताएका छन् ।

उनले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गरे । उनले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दै आइरहेको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे ।

उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताए भने बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बताए । उनले आर्थिक वर्ष २०७९र०८० को नाफाबाट १ प्रतिशत बानेस् सेयर वितरण प्रश्चात बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गरे ।

उनले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गरे । उनले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दै आइरहेको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे ।

उनले बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको बताए । उनले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको बताएका छन् ।

 


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?