Trending
>>   आज मिति २०८२ साल जेठ ११ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   अन्तिम प्रहरमा परीक्षाको तयारी कसरी गर्ने ? >>   पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरीः अध्यक्ष ढकाल >>   ‘३० वर्ष यताकै धेरै वर्षा हुनेः हिमाली क्षेत्रमा हिम पहिरोदेखि हिमताल विष्फोट हुनसक्ने चेतावनी’ >>   काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य छन्ः सभापति देउवा >>   देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह >>   जनताको अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता >>   काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री लेखक >>   लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न काँग्रेस नेता कोईरालाको सुझाव >>   राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त
Logo
१२ जेष्ठ २०८२, आईतवार
१२ जेष्ठ २०८२, आईतवार

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री महत


पाटन। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरूमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरूको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सूचकहरूमा सुधार हुँदै गएको बताएका हुन् ।

उनले बेरोजगारहरूलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एक अर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा राखे। उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताएका छन् ।

“अहिले अर्थतन्त्रका सूचकहरूमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौँ, बिस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिकको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरू विस्थापित हुने अवस्था अन्त्य हुनेछ”, अर्थमन्त्री महतले भने, “नेपालको अर्थतन्त्र समस्यामा थियो, अहिले हामी हटाउन लागेका छौँ ।”

डा. महतले बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने ओैद्योगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरूको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको धारणा राखे । उनले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको धारणा व्यक्त गरे ।

“उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ”, उनले भने । उनले सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको बताए । उनले यातायातको लागत कम गर्न र कामदारहरूको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरूले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण गराए ।

त्यस्तै, श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले कतिपय कुरा पूरा गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताएका छन् ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?