Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।

शनिवार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले काँग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि काँग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताएका छन् । काँग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने बताउदै उनले अहिले आफूहरु संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिष्पर्धी पार्टीहरुबीचको संयुक्त सरकार बनाउन केही जटिलताहरु रहेको बताएका छन् ।

उनले भने, ‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म काँग्रेसको सरकार बनेन भन्नेकुरा छ । साथीहरुले सही कुरा भन्नुभएको छ । यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली काँग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिष्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रुपमा सञ्चालन गर्नेकुरामा केही समस्या, जटिलताहरु उत्पन्न हुन्छन् । त्यसलाई तपाईंहरुले गम्भीरतापूर्वक हेर्नुहोला । त्यसैले हामीले संघमा र प्रदेशमा पनि जिल्लासम्म संयन्त्र बनाएका छौँ । दुई वटै पार्टीका संयुक्त संयन्त्र बनाएका छौँ ।’

गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको जिकिर गर्दै पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको बताएका छन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?