Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।

शनिवार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले काँग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि काँग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताएका छन् । काँग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने बताउदै उनले अहिले आफूहरु संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिष्पर्धी पार्टीहरुबीचको संयुक्त सरकार बनाउन केही जटिलताहरु रहेको बताएका छन् ।

उनले भने, ‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म काँग्रेसको सरकार बनेन भन्नेकुरा छ । साथीहरुले सही कुरा भन्नुभएको छ । यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली काँग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिष्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रुपमा सञ्चालन गर्नेकुरामा केही समस्या, जटिलताहरु उत्पन्न हुन्छन् । त्यसलाई तपाईंहरुले गम्भीरतापूर्वक हेर्नुहोला । त्यसैले हामीले संघमा र प्रदेशमा पनि जिल्लासम्म संयन्त्र बनाएका छौँ । दुई वटै पार्टीका संयुक्त संयन्त्र बनाएका छौँ ।’

गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको जिकिर गर्दै पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको बताएका छन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?