२६ ,भाद्र ,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यावदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र असामयिक निधनको खबरले आफूलाई मर्माहित र स्तब्ध तुल्याएको भन्दै नेपालको संविधान निर्माणका क्रममा उनले पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् । उपराष्ट्रपति यादवले आज एक शोक सन्देश जारी गर्दै संसद् र संविधानसभाको दोहोरो भूमिका भएको
२६ ,भाद्र ,काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण यही भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना जारी स्थगन भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८
२६ ,भाद्र ,काठमाडौँ । सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो । आज दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार
२६ ,भाद्र ,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले
२६ ,भाद्र ,वालिङ (स्याङ्जा) । स्याङ्जाका एक समाजसेवीले क्यान्सरपीडित विपन्न परिवारको उपचारमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरेका छन् । आँधीखोला गाउँपालिका–३ का कृष्णप्रसाद शास्त्री पौडेलले परिवारजनको स्मृतिमा रु आठ लाखको अक्षयकोष स्थापना गरेका हुन् । उनले अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम गाउँपालिकालाई हस्तान्तरण गरे । पौडेलले आफ्ना बुबा
२६ ,भाद्र ,मध्यविन्दु (नवलपरासी) । प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए । प्रजातान्त्रिक आन्दोलनमा
२६ ,भाद्र ,चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन् । भरतपुर अस्पतालको आज निरीक्षणपछि उहाँले ऐन संशोधन नगरी पाँच वर्षभित्रमा स्वास्थ्यका जनशक्ति अभाव हुने बताएका हुन् । मन्त्री बस्नेतले भने, “ऐन संशोधन गरेर ६ महिनाभित्रमा स्वास्थ्यका जनशक्ति
२६ ,भाद्र ,महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको बेदकोट नगरपालिका–६ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अनाथ तथा असहाय बालबालिकाको व्यवस्थापनका लागि यहाँ सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा आवासीय विद्यालय सञ्चालनको तयारी छ । दुई वर्षअघि सोही विद्यालयलाई अनाथ बालबालिकाको शिक्षा, बसोबासलगायत व्यवस्थापन गर्न जिल्लामै पहिलो पटक ६ कोठे भवनसमेत बनाएर हस्तान्तरण गरिए पनि अनाथ
२६ ,भाद्र ,काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुने भएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार शेखर बाबु कार्कीले जानकारी
२६ भदाै, एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बितेका छ महिनामा तीन लाख सैनिक परिचालन भएका तथा दुई लाख ७० हजार नागरिकले स्वस्फूर्तरुपमा रुसी सेनामा सामेल भएर राष्ट्रसेवामा योगदान गर्ने अभिमत जाहेर गरेका बताएका छन् । भ्लादिभोस्तकमा जारी आर्थिक मञ्चको बैठकमा राष्ट्रपति पुटिनले दुई लाख ७० हजार नागरिकले सेनामा भर्ती