Trending
>>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

उपराष्ट्रपति यादव : शोक सन्देश


२६ ,भाद्र ,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यावदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र असामयिक निधनको खबरले आफूलाई मर्माहित र स्तब्ध तुल्याएको भन्दै नेपालको संविधान निर्माणका क्रममा उनले पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।

उपराष्ट्रपति यादवले आज एक शोक सन्देश जारी गर्दै संसद् र संविधानसभाको दोहोरो भूमिका भएको सभालाई कुशलतापूर्वक नेतृत्व गरेका नेता नेम्वाङलाई सहमति, सहकार्य र एकताको विकल्प नभएको भनी राजनीतिक दलहरूलाई घच्घचाइरहने व्यक्तित्वका रुपमा स्मरण गर्ने बताएका छन् ।

सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन तथा संविधानको जानकार भएको नेताका रुपमा उहाँले आफूलाई स्थापित गरेको भन्दै शोक सन्देशमा इलाम–२ बाट प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष नेम्वाङको निधनबाट मुलुकले एकजना भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको उल्लेख छ ।

उपराष्ट्रपति यादवले एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै मृतात्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?