१ ,पुष ,डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो । विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको रु एक करोड २० लाख, कैलपाल मेडिकलको रु ८०
१ ,पुष ,मकवानपुर । बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माको फोक्सोमा निमोनिया सङ्क्रमण देखिएकाले काठमाडौँको चावहिलस्थित हेल्पिङह्यान्डस् अस्पतालमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्य सुधारोन्मुख रहेको प्रदेशप्रुमखको स्वकीय सचिवालयले जनाएको छ । प्रदेशप्रमुख शर्मा केही दिनदेखि ज्वरोले थलिएका थिए । केही दिनको उपचारपछि पुस ३ गते अस्पतालबाट स्वास्थ्यलाभ गरी ‘डिस्चार्ज’ हुने उनका
१ ,पुष ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनको युद्धमा परी मृत्यु भएकाका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले युद्धमा परी घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने
फुङ्लिङ,ताप्लेजुङ। ताप्लेजुङमा आजदेखि पुसे स्वर्ण महोत्सव आरम्भ भएको छ । मेरिङदेन र आठराईत्रिवेणी गाउँपालिको सङ्गमस्थल दोभान बजारमा मेला सुरु भएको हो । मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले दोभान स्पोर्टिङ क्लब तथा पुसे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा महोत्सव आयोजना गरिएको हो भने महोत्सव
चितवन। भरतपुर महानगरपालिका भित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बिच्छ्याउने काम ८० प्रतिशत सम्पन्न भएको
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा आज बिहानदेखि जारी छ । उक्त बैठकको प्रारम्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गरेका छन् । अध्यक्ष लिङ्देनले सत्ता केन्द्रीत नभइ आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई
काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो । आज दुई सय ९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार चार सय
काठमाडौं। पुस १२ गतेदेखि मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुने जनाइएको छ । शनिबार भने दुई शो हुनेछ । पछिल्लो समय विभिन्न कारणले आत्महत्या गर्ने युवाको विषयवस्तुलाई प्रस्तुत गरेर समाजमा चेतना
काठमाडौं। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जनाएको छ । उक्त राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि) ले गरिरहेको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसी प्रतिस्पर्धामा लैजाने निर्णय गरेसँगै निगमका कर्मचारीहरु आन्दोलित छन् भने आज आन्दोलनको