Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

ताप्लेजुङमा आजदेखि पुसे स्वर्ण महोत्सव आरम्भ


फुङ्लिङ,ताप्लेजुङ। ताप्लेजुङमा आजदेखि पुसे स्वर्ण महोत्सव आरम्भ भएको छ । मेरिङदेन र आठराईत्रिवेणी गाउँपालिको सङ्गमस्थल दोभान बजारमा मेला सुरु भएको हो ।

मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले दोभान स्पोर्टिङ क्लब तथा पुसे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा महोत्सव आयोजना गरिएको हो भने महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ । उक्त समितिका अध्यक्ष हेम सिरिङ चोङबाङका अनुसार ५० वर्षदेखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुसे मेलामा यसवर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ ।

उक्त प्रतियोगिताको विजेताले रु तीन लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेतालाई रु एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सेमिफाइनल प्रवेश गर्ने टोलीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष चोङबाङले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट सर्भर, डिफेन्डर, ब्लकर, सटर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिने छ भने महोत्सवमा ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरिएको छ ।

महोत्सव स्थल वरपर रहेका फुङफुङगे झरना, गुराँसे पोखरी, तोक्पेगोला, लोदेन क्षेत्रसहितका पर्यटकीय स्थलको पर्यटन प्रवर्धन गरिने अध्यक्ष चोङबाङले बताए । यसका साथै तमोर नदीमा र्‍याफ्टिङसमेत गर्न पाइने छ । महोत्सवबाट धान नाच, पालम र हाक्पारेसहित मौलिक महत्व बोकेका सांस्कृतिक सम्पदाका प्रवद्र्धनमासमेत सघाउ पुग्ने उनको भनाइ छ । सो मेला अवधिभरमा विभिन्न गायक तथा कलाकारको प्रस्तुती रहनेछ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?