Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति


१ ,पुष ,डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो ।

विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको रु एक करोड २० लाख, कैलपाल मेडिकलको रु ८० लाख र शिशिर फेन्सीका रु ८० लाख बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

अमरगढी नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए । सदरमुकामा यस किसिमका आगलागीका घटना भइरहन्छन् । हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीनपटक आगलागी भएको छ ।

यसैबीच, धनकुटा नगरपालिका–५ कर्मिटार बस्ने विश्वबन्धु थापाको गोठ र सोही स्थानका काजीनारायण खड्काको घरमा आज आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?