Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

२७ दशमलव ७५ अङ्कले बढ्यो नेप्से परिसूचक


काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो ।

आज दुई सय ९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता शेयर एक लाख एक हजार एक सय २८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार नौ सय ७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६७, म्यूचुअल फन्ड शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह पाँच दशमलव ५५ र लगानी समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ ।

त्यसैगरी, ११ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो भने विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ । सो कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको रू २५ करोड १२ लाख ९० हजार सात सय ४६ बराबरको १७ लाख ८० हजार छ सय ३५ कित्ता शेयर किनबेच भएको छ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?