Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रमोद र मलिका अभिनित नाटक ‘पगला घोडा’ पुस १२ देखि मञ्चन हुने


काठमाडौं। पुस १२ गतेदेखि मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुने जनाइएको छ । शनिबार भने दुई शो हुनेछ ।

पछिल्लो समय विभिन्न कारणले आत्महत्या गर्ने युवाको विषयवस्तुलाई प्रस्तुत गरेर समाजमा चेतना जगाउने उद्देश्यले नाटक मञ्चन गर्न लागिएको श्रेष्ठले बताएका छन् ।

उक्त नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायतको अभिनय रहनेछ भने सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् । ‘पगला घोड’को नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् ।

त्यस्तै, भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटकलाई नेपाली भाषामा अनुवाद गरी मञ्चन गर्न लागिएको हो भने नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् ।

 

 

 


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?