Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

प्रमोद र मलिका अभिनित नाटक ‘पगला घोडा’ पुस १२ देखि मञ्चन हुने


काठमाडौं। पुस १२ गतेदेखि मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुने जनाइएको छ । शनिबार भने दुई शो हुनेछ ।

पछिल्लो समय विभिन्न कारणले आत्महत्या गर्ने युवाको विषयवस्तुलाई प्रस्तुत गरेर समाजमा चेतना जगाउने उद्देश्यले नाटक मञ्चन गर्न लागिएको श्रेष्ठले बताएका छन् ।

उक्त नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायतको अभिनय रहनेछ भने सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् । ‘पगला घोड’को नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् ।

त्यस्तै, भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटकलाई नेपाली भाषामा अनुवाद गरी मञ्चन गर्न लागिएको हो भने नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् ।

 

 

 


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?