Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

समाचार


रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णयको स्वामित्व लिन्छौँ : महान्यायाधिवक्ता पोखरेल

२४ चैत्र, काठमाडाैँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयको स्वामित्व लिने बताएका छन् । शुक्रबार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयको स्वामित्व लिने बताउँदै यस विषयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह समेत

आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग

२४ चैत्र, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता उल्लेख गर्नुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै सो धारणा व्यक्त गरेका

आगामी वर्षको बजेट लेख्ने टोली तयार, को-को छन् उक्त टोलीमा ?

२४ चैत्र, काठमाडाैँ । आगामी वर्षको बजेट लेख्ने टोली तयार भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट लेख्न अर्थ मन्त्रालयले टोलीको टुंगो लगाएको हो । मन्त्रायलयले दिएको जानकारी अनुसार बजेट लेख्ने टोलीको संयोजकमा सहसचिव भुपाल बराल संयोजक रहनेछन् । त्यस्तै, सोही टोलीमा उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी

डोजर आउने थाहा पाएपछि सुकुम्बासीहरूले बन्द गरे बाटो

१४ चैत्र, काठमाडाैँ । सुकुम्बासीहरूले काठमाडौंको तीनकुने गैरीगाउँ क्षेत्रको बाटो बन्द गरेका छन् । अव्यवस्थित बस्ति भत्काउन डोजर आउने थाहा पाएपछि उनीहरूले बाटो बन्द गरेका हुन् । काठमाडौं महानगरपालिकाले अवैध रूपमा सुकुम्बासी बस्ती बसेको भन्दै त्यहाँका संरचना भत्काउन शुक्रबार दिउँसो डोजर सहितको टोली पठाएको थियो । अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

२४ चैत्र, काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने जनाइएको छ । दिगो विकास लक्ष्यका चार लक्ष्यअन्तर्गत शिक्षा,

वीरगञ्ज झिलीमिली उज्यालो सहर बन्दै

२४ चैत्र, वीरगञ्ज । वीरगञ्ज महानगरका सडक झिलीमिली र उज्यालो देखिन थालेका छन् । महानगरपालिकाले उज्यालो वीरगञ्ज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बनेको हो । “केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अँध्यारो हुने र हिँड्डुल गर्नै नसक्ने स्थिति थियो”,

एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : गगन थापा

२४ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालले संसदमै गरे माैनधारण

२४ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले संसद् बैठकमा माैनधारण गरेका छन् । सांसदहरूले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले शुन्य समय मौनधारण गरेर व्यतित गरेका हुन् । उनले सो भन्दा अगाडी भने, 'सम्माननीय सभामुख महोदय,... यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर

बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्काशित

२४ चैत्र, एजेन्सी । बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् । राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि डेमेक्र्याटिक सांसद निष्काशनमा परेका हुन् । सोही दलका अर्का एक जना सांसद भने निष्काशनबाट जोगिएका छन् । हालै न्यासभिलस्थित एक

बैतडीमा नौ महिनामा ७४ जना हराए

२४ चैत्र, काठमाडाैँ । भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनामा ७४ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन् । बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचारहरु