Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : गगन थापा


२४ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गरे । सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ ।

साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उहाँले एक दिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिए । साझा कार्यक्रममा छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उनले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गरे ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता एवं सांसद देवेन्द्र पौडेलले संविधान र अहिलेको राजनीतिक व्यवस्थाले जनतालाई सरकारी सेवा लिन सहज भएको र समावेशी भएको उल्लेख गरे ।

हालको राजनीतिक प्रणालीलाई जोगाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । साझा न्यूततम कार्यक्रम कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले मुलुकको स्वास्थ्य क्षेत्रमा २०४६ सालको दरबन्दीमै अहिले पनि सेवा प्रवाह भइरहेको बताउँदै तत्काल सङ्घीय र प्रादेशिकस्तरमा पदपूर्ति गर्नुपर्ने बताए ।

उनले अन्य कर्मचारीसँगै स्वास्थ्य क्षेत्रका जनशक्तिको समायोजन गरिएकाले अहिले स्वास्थ्य क्षेत्रमा कहीँ उपकरण छ, जनशक्ति छैन, कहीँ जनशक्ति छ, कहीँ उपकरण नभएको अवस्था देखिएको बताउँदै समाधानका लागि सरकारसँग आग्रह गरे ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?