Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णयको स्वामित्व लिन्छौँ : महान्यायाधिवक्ता पोखरेल


२४ चैत्र, काठमाडाैँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयको स्वामित्व लिने बताएका छन् ।

शुक्रबार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयको स्वामित्व लिने बताउँदै यस विषयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘जहाँसम्म राहदानी प्रकरणको कुरा छ, यसलाई म धेरै भन्न चाहन्नँ । राहदानी प्रकरणको सम्बन्धमा हामीले प्रमाणहरुको मूल्यांकन गरेर प्रक्रियागत रुपमा आएका कुरालाई हामीले टुंग्याएको हौँ । कहिले काहीँ हाम्रो तथ्यका रुपमा पनि समस्या हुन्छ, हामीले नेपाल प्रहरीलाई भनेका छौँ अनुसन्धान पूरा नभइकन आएको डकुमेण्ट हामी स्वीकार गर्दैनौँ भनेका छौँ । अनुसन्धानको प्रक्रियामा कहीँ त्रुटी छ भनेर अदालतले कतै लेखेको रहेनछ । भनेपछि अनुसन्धान पूरा भएर प्रक्रियागत आयो, त्यसपछि काठमाडौं सरकारी वकील कार्यालयमा आयो, त्यसपछि उच्चमा गयो, म कहाँ आउँदा पनि यहाँ भित्र पनि एक जना सह न्यायाधिवक्ता र एकजना नायव महान्यायाधिवक्ताको माध्यमबाट आउँछ । राहदानी प्रक्रियागत रुपमा आइसकेपछि प्रमाणको मूल्यांकन गरेर विवेकको प्रयोग गरेर गरिएको निर्णय हो, त्यसैले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोडिनु अन्याय हुन्छ, त्यसो गरिनु हुँदैन भन्ने हाम्रो मान्यता छ। हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ । हामीले विश्वासकासाथ यो निर्णय गरेका हौँ । कानून र प्रमाणको मूल्यांकन गरेर हामीले विवेकपूर्ण काम गरेका छौँ, राजनीतिक कुरासँग जोडिनु आवश्यक छैन।’

महान्यायाधिवक्ताले राहदानी दुरूपयोगको सवालमा रवि लामिछानेमाथि मुद्दा नचलाउने भनि गरेको निर्णयमाथि युवराज सफलले रिट दायर गरेका छन् । उक्त रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?