Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


पाँच लाख घुस लिँदै गर्दा इन्जिनियर र लेखापाल पक्राउ

३१ श्रावण, सप्तरी । सप्तरीकाे विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । बुधवार (आज) बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपियाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको

नेपाल टेलिकमले एक वर्षमा कमायो ७ अर्ब ८० करोड नाफा

३१ श्रावण, काठमाडाैँ । नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षमा नेपाल टेलिकमले त्यति नाफा कमाएको हो । तर, टेलिकमको नाफा अघिल्लो आवको तुलनामा भने घटेको छ । टेलिकमले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको भन्दा टेलिकमको नाफा ७.८७ प्रतिशतले

लिबियामा द्विपक्षीय झडपः २७ जनाको मृत्यु

३१ श्रावण, लिबिया । लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन् । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार

आफै बसेको ढुङ्गा पल्टिएर थिच्दा महिलाको मृत्यु

३१ श्रावण, मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । जिल्लाको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ । मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुङ्गाले थिचेर ज्यान गएको

लोक सेवा आयोगले माग्यो ३६० जना लाइट ड्राइभर, क-कसले दिन पाउँछन् आवेदन ?

३१ श्रावण, काठमाडाैँ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै आयोगले ठुलो सङ्ख्यामा सवारी चालक माग गरेको हो । योग्यता पुगेका नागरिकहरूले आगामी भदौ २६ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

जहाज पर्खिँदा पर्खिँदै ४ बालकको मृत्यु

३१ श्रावण, हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै

गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव, बिरामी मर्कामा

३१ श्रावण, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा राम साहले बताउनुभयो । उहाँका अनुसार १० दिनमा दुई सय ७३

नेपाल आउँदै चिनियाँ उच्च सैनिकको टोली

३१ श्रावण, काठमाडाैँ । चिनियाँ उच्च सैनिकको टोली नेपाल आउने भएको छ । आज चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमान्डर उपरथी यु एनदे टोलीसहित काठमाडौँ आउने जानकारी दिइएको छ । नेपाल आउन लागेको टोलीले प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

३१ श्रावण, भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यक छ : राष्ट्रपति पुटिन

३१ श्रावण, एजेन्सी । विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्कोमा आयोजित अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा मङ्गलबार उनले सो धारणा राखेका हुन् । बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भने "अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित,

सम्वन्धित समाचारहरु