Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

समाचार


पुटिन ‘नेटोको ढोका बन्द गर्न’ असफल: महासचिव स्टोल्टेनबर्ग

२२ चैत्र, एजेन्सी । नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले फिनल्यान्डले मङ्गलबार सैन्य गठबन्धनमा सामेल हुनुले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको विस्तार रोक्न असफल भएको देखाएको बताएका छन्। "राष्ट्रपति पुटिन नेटो विस्तारको ढोका बन्द गर्न चाहन्थे। आज हामी विश्वलाई देखाउँछौं कि उनी यस कार्यमा असफल भएका छन् । आक्रामकता र धम्कीले मात्र काम

साैराहामा अज्ञात समूहले छिनाए हात्तीको सुँड

२२ चैत्र, चितवन । चितवनको साैराहामा एक हात्तीको सुँड काटिएको छ । अज्ञात समूहले एक निजी रूपमा पालिएको हात्तीको सुँड छिनाएको हो । हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीका अनुसार गएराती ११ बजे दिपक खतिवडाको चनचलकली हात्तीको सुँड छिनाइदिएका हुन् । माउतेहरू सुतेको समयमा आएर हात्तीलाई आक्रमण गरेको  दाबी गरिएको

यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा

२२ चैत्र, अछाम । १६ वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुने छ । सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । समूह ‘ए’मा कैलाली, बैतडी, डडेल्धुरा र

सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

२२ चैत्र, सिरहा । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ । किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका

विद्यार्थी खोज्न घरदैलो अभियान

२२ चैत ,दोधारा चाँदनी । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् । विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

२२ चैत ,बेनी । म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ । हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले

लामिछानेविरुद्ध चार उजुरी

२१ चैत ,चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज ती उजुरी दर्ता भएका हुन । तीन वटा उजुरी उम्मेदवार र

सहिद स्मारक ए डिभिजन लिग फुटबल

२१ चैत ,काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो

पत्रकार महासङ्घ कर्णाली प्रदेशको साधारणसभा सुनथरालीमा

२१ चैत ,कर्णाली । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको साधारणसभा नरहरिनाथ गाउँपालिका–१ कालीकोट कोटवाडास्थित सुनथराली विमानस्थलमा सुरु भएको छ । महासङ्घद्वारा आज सुनथरालीमा आयोजित साधारणसभाको उद्घाटन पूर्वमुख्यमन्त्री एवं कालीकोटबाट निर्वाचित सङ्घीय सांसद महेन्द्रबहादुर शाहीले गरे । उद्घाटन कार्यक्रममा उनले नागरिकको जीवनस्तर अगाडि बढाउने परियोजनाका रूपमा अगाडि बढाए मात्र हवाई

गौतमको ‘मेरो अतीत मेरो अनुभव’ लोकार्पण

२१ चैत ,काठमाडौँ । शिक्षाविद् तथा लेखक रमेशप्रसाद गौतमको ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ । हिमालय टाइम्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले उक्त पुस्तकको विमोचन गरेका हुन्‌ । कार्यक्रममा पूर्वसभामुख ढुङ्गानाले शिक्षा क्षेत्र नउठाई देश उठाउन नसकिने बताए । “शिक्षालाई प्राथमिकता दिन नसकेका कारण मुलुकमा

सम्वन्धित समाचारहरु