३० जेठ, गोरखा । डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ। यही जेठ १८ गते सहिदलखन गाउँपालिका-६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझको समयमा प्राकृतिक बासस्थानमा पुर्याएर छाडिएको डिभिजन
३० जेठ, एजेन्सी । टर्कीको लिंगमेरी सेनाले ऐतिहासिक कलाकृतिहरूको अवैध व्यापारलाई रोक्नको लागि गरेको कारबाहीमा हिब्रू बाइबलको पुरानो प्रति कब्जा गरेको छ। इस्तानबुल प्रान्तीयकमाण्डद्वारा सोमबार जारी गरिएको विज्ञप्तिअनुसार ११०० वर्ष पुरानो उक्त बाइबल बरामद गरिएको हो । पाँच लाख अमेरिकी डलरमा उक्त ऐतिहासिक ग्रन्थको किनबेच हुन लागेको सूचनाका आधारमा खोजी गर्दा
३० जेठ, भैरहवा । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलवार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो । न्यारोबडी जहाज मङ्गलवार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको
३० जेठ, एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिपरिषद्को अनुमोदन मूल्याङ्कन गत महिनाको तुलनामा तीन अङ्कले घटेर ४३ प्रतिशतमा झरेको छ । एनएचकेको जनमत सर्वेक्षणले सोमबार उल्लेख गरेअनुसार मन नपराउँने मध्ये ४५ प्रतिशतले मन्त्रिपरिषद्को नीतिप्रति आफूलाई कम अपेक्षा रहेको बताएका छन् भने २० प्रतिशतले किशिदाको चरित्रमा विश्वास नभएको बताएका छन् ।
३० जेठ, चितवन । तपाईंलाई पत्यार नलाग्न सक्छ १ चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् । इच्छाकामना गाउँपालिकाको वडा नं १ र
३० जेठ, काठमाडाैँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरको उडानद्वारा काठमाडौँबाट इस्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला पारी उनलाई
३० जेठ, भोजपुर । गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुगेकी मचिन्द्र राईका लागि वरदान साबित भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२, छिनामखुका राई वृद्धावस्थामा दुवै आँखाले देख्नु सक्ने भइन् । दाहिने आँखामा मोतियाविन्दुको समस्या भएपछि मचिन्द्रलाई घरभित्र बाहिर गर्न पनि समस्या हुँदै आइरहेको थियो । विराटनगर आँखा अस्पताल रानीको
३० जेठ, काठमाडाैँ । दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका दुईवटा अस्पतालमा सोमबार काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ। दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो। स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने स्थान
३० जेठ, सुर्खेत । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार चार सय ९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले रु
३० जेठ, बागलुङ । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने संख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र