Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ


२० असार, काठमाडाैँ । सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवन परिसरमा रहेको मानवीय सहायतास्थलको निरीक्षण गर्दै उनले विपद् व्यवस्थापनका लागि विगतका वर्षभन्दा यो पटक राम्रो तयारी गरिएको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका निम्ति पहिलाका अनुभवबाट शिक्षा लिँदै हाम्रो देश विपद् जोखिमग्रस्त मुलुक हो भन्ने कुरालाई हृदयङ्गम गर्दै आवश्यक तयारीका काम गरिरहेका छौँ, त्यसमध्ये यो पनि एउटा हो ।”

उनले विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित बाढी पहिरोबाट सकेसम्म नबिग्रिने गरी भौतिक संरचना बनाउनुपर्ने र विपद् भइहालेको खण्डमा त्यसलाई व्यवस्थापन सहज हुने गरी संरचना निर्माण गरिनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?