Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

युक्रेनद्वारा डोनेट्स्कमा भीषण आक्रमण


२० असार ,मस्को । रुसी सेनाको नियन्त्रणमा रहेको पूर्वी युक्रेनी सहर डोनेट्स्कको माकिभकामा युक्रेनले भीषण आक्रमण गरेको छ । युक्रेनी कारबाहीमा एक जनाको मृत्यु भएको तथा अन्य ४१ जना घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित ४१ जना घाइते भएका छन् । युक्रेनको सेनाले माकिभकामा रहेको रुसी सेनाको एउटा संरचनालाई पनि ध्वस्त पारेको छ ।

युक्रेनी सेनाले आवासीय क्षेत्र र माकिभकाको अस्पताल परिसरमा पनि भीषण आक्रमण गरेको छ । सन् २०१४ देखि नै डोनेट्स्क क्षेत्र आंशिकरूपमा क्रेमलिन समर्थित पृथकतावादीको कब्जा गरेको छ ।

यसलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिनु रुसी फौजको मुख्य सैन्य उद्देश्य हो । केही दिनदेखि यहाँको औद्योगिक क्षेत्रलाई पनि युक्रेनी सेनाले आक्रमणको केन्द्रबिन्दु बनाएको छ ।

युक्रेनी सेनाले गरेको आक्रमणमा नौ वटा स्वास्थ्य सेवा केन्द्रमा क्षति पुगेको डोनेट्स्कस्थित रुसी अधिकारी डेनिस पुशिलिनले बताएका छन् । चालीस वटा आवसीय भवन, विद्यालय र वारुणयन्त्र कार्यालयमा पनि क्षति भएको छ । यद्यपि उनले थप विवरण दिएका छैनन् ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?