Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

एमाले सहित विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित


२० असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।

बैठकको सुरुमै विपक्षी सांसद्हरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद् रघुजी पन्तलाई समय दिनुभएको थियो । सांसद पन्तले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका विषयमा सदनको ध्यानकर्षण गराए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसम्बन्धी विषय स्पष्ट नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उनले बताए ।

त्यसपछि सभामुख घिमिरेले बैठक अघि बढाउन सत्तापक्षका सांसदलाई समय दिएपछि विपक्षी सांसद् उठेर ‘वेल’ घेराउ गर्न थालेपछि बैठक आधा घण्टाका लागि स्थगन भएको छ । सो विषयमा राष्ट्रियसभाको आजको पहिलो बैठक पनि स्थगन भएको थियो ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?