Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

समाचार


चितवनमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबिच झडप

१० वैशाख, चितवन । चितवनमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबिच झडप भएको छ । मतदान चलिरहेको अवस्थामा झडप भएपछि चितवनको नवकिरण कमलकुशुम केन्द्रमा मतदान प्रभावित भएको छ । प्रहरीले अवस्था सामान्य बनाएर मतदान सुरू गर्ने प्रयास गरिरहेको छ ।

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

१० वैशाख, काठमाडाैँ ।  नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले निर्देशन दिएका छन् । आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि

साताको पहिलो दिन सुनको मूल्यमा भारी गिरावट

१० वैशाख, काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला ९०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँकायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला

बढ्न थाल्यो सिमेन्ट निर्यात

१० वैशाख, काठमाडाैँ । चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । समीक्षा अवधिमा रु २३

खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ

१० वैशाख, एजेन्सी । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार थिए । पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध कारबाही शुरु गरेको थियो । अमृतपाल सिंहलाई

छाप लगाएका २ वटा मतपत्र सहित जसपाका नेपा पक्राउ

१० वैशाख, बारा । २ वटा मतपत्र लिएका जसपाका नेता पक्राउ परेका छन् । बारा-२ अन्तर्गत देवताल गाउँपालिका- ७ मा रहेको मतदान केन्द्रबाट दुईवटा मतपत्र लिएका एक नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रामसागर यादव रहेका छन् । उनको साथबाट प्रहरीले २ वटा छाप लगाएको मतपत्र बरामद गरेको छ

अमेरिकामा फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु

१० वैशाख, एजेन्सी । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल

निर्वाचन भइरहेको ठाउँमा गएपछि मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

१० वैशाख, जनकपुर । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता,

बल्ल पासोमा पर्यो चितुवा

१० वैशाख, काठमाडाैँ । एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब

पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ११ जना घाइते

१० वैशाख, पाल्पा । पाल्पामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ११ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै

सम्वन्धित समाचारहरु