Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

राप्रपाको केन्द्रीय समिति बैठकमा प्रतिवेदनहरु प्रस्तुत


२ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरु प्रस्तुत भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको साङ्गठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका हुन् ।

सोमबारदेखि काठमाडौँमा शुरु भएको बैठकमा अध्यक्षबाट प्रस्तु राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा सदस्यले जोड दिएका छन् । राजसंस्था, हिन्दूराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नुपर्नेलागयत सुझाव दिएका छन् ।

प्रतिवेदनमा पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवद्र्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दूराष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूबाट आउने सुझावका आधारमा जेठ ३ गते आगामी कार्यदिशा तय गर्नका लागि महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?