Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय गौरवका आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


२ जेष्ठ ,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले तोकिएको समयमा काम पूरा गर्नेगरी पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

“राष्ट्रिय गौरवका आयोजना समयमा पूरा भएका छैनन्, यस्ता आयोजना समयमा पूरा नगर्ने जिम्मेवार पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्छ”, उनले भने, “त्यसो गरियो भने जवाफदेही सोही पदाधिकारीको हुने भएकाले काम समयमै सम्पन्न हुन्छ ।”उनले उपलब्ध भएसम्म विकास, निर्माणका काममा स्वदेशी कच्चा पदार्थको उपयोग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना भनेर जथाभावी नामकरण गर्न नहुने र स्पष्ट परिभाषा तय गरेर मात्रै नामकरण गर्न उपयुक्त हुने उल्लेख गरे । उनले देशमा राष्ट्रिय गौरवको आयोजना जति थोरै भयो त्यति गौरव हुने बताए ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?