Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

कांग्रेस रूपान्तरण अभियान घोषणा


२ जेष्ठ ,काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान घोषणा गरेका छन् । कांग्रेसका युवा नेताहरूले आज पत्रकार सम्मेलन गरी देशभरका सातै प्रदेशमा कांग्रेस रूपान्तरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसभित्रको कमी कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्र वामपन्थी र दक्षिणपन्थी शक्तिको उदय भएकाले रूपान्तरण अभियान सुरु गरिएको जानकारी दिए ।

उनले कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रूपान्तरणको सम्भावना नभएकाले आफूहरूले पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्न उक्त अभियान सञ्चालन गर्न लागेको बताए ।

कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएकाले आफूहरूले राजनीतिलाई नैतिक शक्तिसँग जोड्न अभियान चलाएको उनको भनाइ थियो । केन्द्रीय सदस्य आचार्यले कांग्रेस रूपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियान सञ्चालन गरेको उल्लेख गरे ।

कांग्रेसको उक्त अभियान जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौँ, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौँमा हुने आचार्यले बताए । पत्रकार सम्मेलनमा कांग्रेस युवा नेता गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्रजङ्ग शाहीलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?