Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

राजस्व नतिर्नेमाथि छानबिन हुने


३ जेष्ठ ,विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ ।

अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाई साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।

उनीहरु व्यावसायिक औद्योगिक घराना मुरारका समूहसँग भने आबद्ध नरहेको पनि स्पष्ट गरिएको छ । यी उद्योगले लामो समयदेखि कर नबुझाएकाले असुलउपरका लागि प्रक्रिया अघि बढाइने डा क्षेत्रीको भनाइ छ ।

त्यस्तै मोरङको बेलबारीस्थित ओम साइबाबा क्रसर उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महशुल करिब रु ४९ लाख बक्यौतामा राखेको नेपाल विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा क्षेत्रीले राजस्वका विषयमा छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?