१० ,भाद्र ,गल्याङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । “हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु
१० ,भाद्र ,काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको बताए । संसद्को सभा होस् वा बैठक औपचारिक हुने भएकाले देश र जनहित सम्बन्धित छलफलका लागि प्रवेश पाएका सबै विषयवस्तु
१० ,भाद्र ,काठमाडौँ । मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि
१० ,भाद्र ,दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो । करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण
९ ,भाद्र ,काठमाडौँ ।नेविसंघको चरणबद्ध विरोधपछि डिनले बोलायो वार्ताको आह्वान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले गतिविधि गर्दै आएको छ । इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै नेविसंघले आइतबार बिहान १० बजे बालुवाटार घेराउ गर्ने घोषणा
९ ,भाद्र ,काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले बालुवाटार घेराउ गर्ने भएको छ। इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै नेविसंघले आइतबार बिहान १० बजे बालुवाटार घेराउ गर्ने घोषणा गरेको हो। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शनिबार एक
९ ,भाद्र ,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गर्नु भएपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग
९ ,भाद्र ,चितवन । भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय
९ ,भाद्र ,दमक (झापा) । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ आफ्नो जीवनको ध्येय नै मुलुकमा सुशासन कायम गर्नु रहेको बताएका छन् । दमक नगरपालिकाले आज आयोजना गरेको साक्षत्कारमा मन्त्री गुरुङले सुशासनबिना लोकतन्त्रको प्रत्याभूति गर्न नसकिने पनि उल्लेख गरे । संविधानले परिकल्पना गरेका तीन वटै तहका सरकारमध्ये स्थानीय तह
९ ,भाद्र ,काठमाडौँ । तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ । सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरको तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा