Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा १०० जनाको मृत्यु


काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् ।

इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय समय अनुसार १०ः ४५ बजे यो घटना भएको हो । आगलागीको कारण खुलेको छैन । यद्यपि पटाका पड्काएपछि आगो लागेको अनुमान छ । त्यतिबेला दर्जनौं मानिसहरु विवाहको उत्सवमा रमाइरहेका थिए । इराकको नागरिक सुरक्षा निर्देशनालयका अधिकारीहरुले विवाह स्थल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरिएकाले आगो तीव्ररुपमा फैलिएको र धेरै क्षति भएको बताएका छन् । त्यसमा अग्निनियन्त्रकहरु आगो निभाउन खटिएको देखिएको छ । सामाजिक सन्जालमा पनि आगोले क्षति पुर्याएका तस्वीरहरु सार्वजनिक भएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?