Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी


काठमाडौं । जनता समाजवादी पार्टी, जसपा नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ ।

सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । यसअन्तर्गत बागमती प्रदेशअन्तर्गतका ६० जना पार्टीका केन्द्रीय समिति सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको जिम्मेवारी दिइएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय नेताहरूले यही असोज २० गतेभित्र प्रदेशअन्तर्गतका १३ वटै जिल्ला समन्वय समिति रुपान्तरण, गठन वा पुनःगठन गर्नुपर्ने छ । पालिका समितिको लागि असोज ३० गतेसम्मको समयसीमा तोकिएको छ । यस अवधिमा स्थानीय तहदेखि प्रदेश समितिसम्मलाई आ–आफ्नो तहका जनवर्गीय सङ्गठन, पेसागत सङ्गठनको बैठके आयोजना, सङ्गठन गठन, पुनःगठनको कार्य पनि गर्न, गराउन भनिएको प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?