Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

४४औं विश्व पर्यटन दिवसमा रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत


बुटवल । ४४औं विश्व पर्यटन दिवसमा रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको स्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस नाट्टा लुम्बिनीले बेलहिया नाकाबाट पहिलो प्रवेश गर्ने ५ जना विदेशी पर्यटकलाई स्वागत गरेको हो । विदेशी पर्यटकमाझ सकारात्मक सन्देश प्रवाह गर्न जापानी मूलका ५ अमेरिकी नागरिकलाई नेपाली संस्कृति अनुसार ढाका टोपी, रातो टीका र खादा लगाइदिएर स्वागत गरेको नाट्टाकी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उनले आज दिनभरि नै पर्यटन दिवस हर्ष उल्लासका साथ मनाउने तयारी गरिएको बताएकी छन् । दिवसको समापन १३ गते जितगगढीमा काठमाडौंबाट आउने साइकलयात्रीहरुलाई स्वागत गरेर गरिने पन्तले बताइन् ।

यस्तै ४४औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा बुधबार बिहान पर्यटकलाइ स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेका हुन् । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले संयुक्त रूपमा पर्यटकलाइ खादा र उपहार दिएर स्वागत गरेका हुन् । पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै लुम्बिनी भ्रमणका लागि आहृवान गरे । उनले विश्व पर्यटन दिवसको अवसर विश्वले बुद्वजन्मस्थल लुम्बिनीलाई बौद्विष्टहरूको भ्रमण केन्द्रको थलो बनाउन समेत आग्रह गरे ।

 


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?