Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अवैध रुपमा सामुदायिक वन फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ


दाङ । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से वली, ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी विजय र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् । चौरजहारी नगरपालिका- ११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फँडानी गरेको आरोपमा मंगलबार वडाध्यक्ष तुल्से वलीलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो । मनोमानी ढंगले सामुदायिक वन क्षेत्रका ३५ वटा सल्लोको रूख फँडानी गरेको भन्दै वडाध्यक्ष वलीविरुद्ध उजुरी परेको थियो ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार आरोपीत चारै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएका छन् । पक्राउ परेका वडाध्यक्ष वली गत ०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित समेत भएका थिए ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?