१० ,भाद्र ,काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले उक्त कसुरमा मुद्दा दायर गरेको हो । सरकारी लिखत तथा दस्तखत
१० ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो । यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत
१० ,भाद्र ,जानकी (बाँके) । मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिइ बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ । सल्यानको कालिमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ संरक्षणका लागि निकुञ्जमा राखिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए । उक्त पोथीबाघले सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरुवानीमा दुई जनालाई
१० भदाै, एजेन्सी । अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो । फिफा अनुशासन समितिले प्रशिक्षक रुबियाल्सलाई उनको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ ।
१० भदाै, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् । विश्व वातावरण कोषको सातौँ एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसङ्ख्याको लागि पानीको स्रोत नेपाल रहेको विषयबारे
१० भदौ, काठमाडाैँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भोलिदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी
१० भदौ, वीरगञ्ज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पारेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नियमित प्रक्रियाबाट हुनुपर्ने कामका लागि अहिले पनि जनताले ‘सोर्सफोर्स’ लगाउनुपर्ने, चाकरी गर्नुपर्ने र
१० भदौ, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि २० दशमलब ५४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलब ३८ कायम भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन
१० भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दा हेर्न नभ्याइनेमा परेको छ । आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै सुनुवाइ हुन नसकेको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो । सन्दिपविरूद्ध नाबालिग बलात्कारको आरोपमा गत कार्तिक १४ गते अदालतमा
१० भदाै, काठमाडाैँ । कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई काठमाडाैँ महानगरपालिकाले १ लाख ५० हजार रूपैयाँ जरिबाना तिराएको छ । उक्त बिक्रेताले ढुसी परेको कोक बेचेको पाइएपछि उक्त जरिबाना तिराइएको हो । शुक्रबार अनुगमनका क्रममा महानगरको टोलीले उक्त पसलबाट ढुसी परेको कोकको बोतल भेटाएको थियो । जरिवानापत्रमा जार व्यवस्थापन तथा अनुगमन