Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन


काठमाडौं । नेपालको पर्यटन प्रबद्र्धन र पर्यटनको मुख्य आधार हिमाल सफाई अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले हिमाल सफाई अभियान सम्भव भएको बताएको छ । विश्व पर्यटन दिवसको अवसरमा साथसाथैले आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनका क्रममा हिमाल सरसरफाई अभियानबारे प्रस्तुतीकरणका क्रममा नेपाली सेनाको हिमाल सरसरफाई अभियानका निर्देशकसमेत रहेका सहायक रथी सुन्दर कुमार पाण्डेले सामूहिक सहकार्य, नीतिको प्रभावकारी कार्यान्वयन, सरकार र सरोकारवालाबीचको समन्वय र समर्पण भावले काम गर्दा हिमाल सरसफाई सम्भव भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही सकारात्मक कदमहरु चालिँदा पनि आलोचना हुनु त्यति सुखद कुरा होइन । यद्पि सामूहिक सहकार्य र सरकार तथा सरोकारवालाबीचको समन्वय भएको अवस्थामा हिमाल सफाई सम्भव छ । यसका लागि हामीले स्थानीय तहलाई पनि जिम्मेवार बनाउन आवश्कय छ ।” सहायकरथी पाण्डेले पछिल्लो चार वर्षमा सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०१९ बाट सुरु भएको हिमाल सफाई अभियान अन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ । सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहोर संकलन गरिएको छ ।”

भावी पुस्ताका लागि हिमाल सफा राखौं भन्ने मुल नारासहित सुरु भएको हिमाल सफाई अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले सहयोगको प्रशंसा गनुभयो । नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पाण्डेले हिमालय क्षेत्रको सरसफाई ः के सम्भव छ ? शीर्षकमा पेपर प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीका क्रममा उहाँले हिमाल सफाईको अवधारणा कुनै एक ठाउँ सफा बनाउने मात्र नभई मानव सभ्यतासँग जोडिएको कुरा भएकोले यो वार्षिकरुपमा चलिरहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, “जोखिम र उच्च हिमाली क्षेत्रमा सामान्य तयारीले गर्दा सम्भव नहुने भएपछि नेपाली सेनाले हिमाल सफाई अभियानको जिम्मेवारी लिएर काम गरिरहेको छ । २०७६ मा तयारी भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन । सन् २०२१, २०२२, २०२३ मा हिलमा बचाउ नारासहित नेपाल सरकार ८ लाख ३० हजारको बजेट विनियोजन गरेको छ ।”हिमाल सफाई अभियानका निर्देशकसमेत रहेका सहयाक रथी पाण्डेले कार्यदल बनाएर हिमाल सफाई अभियानलाई अघि बढाइरहेको बतउनुभयो । यसका लागि कुनै डेडिकेटेडेड टिम नभएकोले केही समस्या भएको पनि उहाँको भनाई छ ।

नेपालको पर्यटन क्षेत्रको सबैभन्दा बढी राजस्व संकलन हुने हिमाल सफाई अभियानले राजस्व संकलनमा टेवा पुर्याउनुका साथै स्थानीय जनजीविकामा पनि सकारात्मक प्रभाव पारिरहेको सहायकरथी पाण्डेले बताउनुभयो । उहाँले थप भन्नुभयो, “सरकारको समन्वयमा नेपाली सेनाले सञ्चालन गरेको हिमाल सफा अभियानले जनजीविकालाई टेवा पुग्नुका साथै नेपाली सेनाको ज्ञान र क्षमतामा अभिवृद्धि भएको छ । सगरमाथा क्षेत्रबाट राजस्व संकलन भएको छ । लक्ष्य अनुसार फोहोर संकलन गरिएको छ ।”


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?