Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

पर्यटन प्रवर्द्धनका लागि ढोरपाटनमा उद्योग वाणिज्य महासङ्घको बैठक


गलकोट,बागलुङ । पर्यटन प्रवर्द्धन, सम्भावना र लगानी खोज्ने उद्देश्यले ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महसङ्घको बैठक बस्ने भएको छ । महासङ्घका तेस्रो कार्यकारिणी बैठक यही असोज १५ र १६ गते नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा बस्ने भएको हो । उद्योग वाणिज्य सङ्घ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा बैठक गर्न थालिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । उनका अनुसार बैठकमा महासङ्घका ७० जनाको कार्यसमितिसहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिको सहभागिता रहनेछ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत समन्वयको भूमिकामा खेल्नेछ ।

“निजी क्षेत्रका उद्योगी तथा व्याबसायी ढोरपाटन आउँदा प्रचार–प्रसारसँगै त्यहाँको नयाँ सम्भावना र लगानीको क्षेको पहिचान हुनेछ”, कार्कीले भने, उनले देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यावसायीहरुले ढोरपाटनको विकासमा सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधासम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बनाउन यो बैठकले सहयोग पुग्ने उनको भनाइ रहेको छ । बैठकमा सहभागी हुन आउने उद्योगी तथा व्यावसायीहरु होटल तथा सामुदायिक घरबासमा पाहुनालाई राखिनेछ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित कार्यसमितिले ढोरपाटन क्षेत्रको अध्ययन, स्थालगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण गर्ने समेत कार्ययोजना छ । सो अवसरमा उक्त टोलीले प्रसिद्ध ढोरबराह मन्दिरसमेत दर्शन गर्नेछ । ढोरपाटनमा देशभरका उद्योगी तथा व्यावसायीका नेता आउँदा यहाँको गरिमा बढ्ने ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताए ।

ढोरपाटन सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, सिकार आरक्ष कार्यालयको सङ्ग्रहालयलगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौ स्थान रहेकोमा तिनीहरूको प्रचार–प्रसार हुने गरी बैठकको आयोजना गरिएको छ । सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटक वृद्धि भएको छ । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधासम्पन्न होटलको अभाव छ ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?