Trending
>>   देउवाको घरमा भेटिएको पैसाबारे भिडियोको आधारमा धारणा बनाउन हुँदैन : विश्वप्रकाश >>   जेन–जी शहीदका रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राप्रपाको चेतावनी >>   हल्लाबाजहरुलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँः अध्यक्ष ओली >>   जेन जी आन्दोलनका घाइतेले भनेः ‘हामीले देशका लागि रगत बगाएका हौँ , माग पूरा हुनुपर्छ’ >>   एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छः ओली >>   ‘सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन’ >>   वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको होः ओली >>   देशको स्वाधिनता गम्भीर अवस्थामा छः वर्षमान पुन >>   मुलुकलाई निकास दिन दलहरुले बढि भुमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   अब म अध्यक्ष रहिनँः पुष्पकमल दाहाल
Logo
११ आश्विन २०८२, शनिबार
११ आश्विन २०८२, शनिबार

नवलपरासीमा बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


नवलपरासी बर्दघाट, सुदुरपश्चिम । सुदुरपश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो । आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोष्णा गरेको थियो । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?