पाटन, ललितपुर । लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको,
काठमाडौं । राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् । राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय संसद
बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड, पाइन्ट र सर्ट अनिवार्य गर्ने निर्णय गरेपछि एमबीबीएस र बीडीएस विद्यार्थीहरु पढाइ बन्द गराएर आन्दोलनमा आएका हुन् । उनीहरुको आन्दोलनमा इन्टर्न डाक्टरहरुले
कञ्चनपुर । जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ । हात्तीको बथानले किसानको खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पुर्याउन थालेपछि बत्ती जडान कार्य सुरु गरिएको हो । हात्ती प्रभावित वडा नं ५, ६, ९ र १० मा बत्ती जडान
मनहरी । महानपर्व वडादसैँको अवसरमा मनहरी गाउँपालिका–६ हाङलाङस्थित प्रजा विकास प्राथमिक विद्यालयका ३० चेपाङ विद्यार्थीलाई मर्यादा नेपाल संस्थाले विद्यालय पोसाक वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर प्रजा, प्रधानाध्यापक देवराज प्रजा, वडासदस्य राममाया नगरकोटी, शिक्षक, अभिभावकलगायतकोे उपस्थितिमा पोसाक वितरण गरिएको उक्त संस्थाका अध्यक्ष खुसी कार्कीले बताए । विद्यालय
पाँचथर । पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको आइतवार दिउँसो १ः४५ बजे ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा ढुङ्गाले लागेर ज्यान गएको हो । उक्त आयोजनाको
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज जारी गर्नुभएको प्रेस विज्ञप्ति स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्नपर्ने आग्रह
बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नहुने बताए । सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए । सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले
काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखाहरुमा नयाँ नोट साट्न पाउने सुविधा रहेको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको