Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

केपी ‌ओली कप टी-२० क्रिकेटमा मधेशले सुदूरपश्चिमलाई ८ विकेटको अन्तरले हरायो


पोखरा। केपी ‌ओली कप टी-२० क्रिकेटमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले हराएको छ । पोखरामा भएको खेलमा जितका लागि पाएको ५९ रनको लक्ष्य मधेशले २८ बलमै भेट्टायो ।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रनमा आउट भएको थियो । उसका लागि नरेन्द्र साउदले १८ रन बनाए भने भोजराज भट्ट र किरण ठगुन्नाले समान १० रन बनाए । मधेशका लागि अनिल साहल २५ रन बनाए भने इमरान शेख १७ र पवन सराफ १४ रनमा नट आउट रहे । त्यस्तै, मधेशका हरिशंकर शाहले ४ तथा रुपेश सिंहले ३ विकेट लिए ।

यो जितपछि समूहमा मधेस र नेपाल पुलिस क्लबको समान २ अंक भएको छ तर रन रेटमा पुलिस अघि छ भने पहिलो खेलमा मधेशलाई हराएको पुलिसले सुदूरपश्चिमसँग खेल्न बाँकी छ ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?