Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

केपी ‌ओली कप टी-२० क्रिकेटमा मधेशले सुदूरपश्चिमलाई ८ विकेटको अन्तरले हरायो


पोखरा। केपी ‌ओली कप टी-२० क्रिकेटमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले हराएको छ । पोखरामा भएको खेलमा जितका लागि पाएको ५९ रनको लक्ष्य मधेशले २८ बलमै भेट्टायो ।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रनमा आउट भएको थियो । उसका लागि नरेन्द्र साउदले १८ रन बनाए भने भोजराज भट्ट र किरण ठगुन्नाले समान १० रन बनाए । मधेशका लागि अनिल साहल २५ रन बनाए भने इमरान शेख १७ र पवन सराफ १४ रनमा नट आउट रहे । त्यस्तै, मधेशका हरिशंकर शाहले ४ तथा रुपेश सिंहले ३ विकेट लिए ।

यो जितपछि समूहमा मधेस र नेपाल पुलिस क्लबको समान २ अंक भएको छ तर रन रेटमा पुलिस अघि छ भने पहिलो खेलमा मधेशलाई हराएको पुलिसले सुदूरपश्चिमसँग खेल्न बाँकी छ ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?