जेरुसेलम। इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजराइलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ । त्यस्तै, इजराइलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति निवास शीतल निवासमा उहाँहरूले आज तुलसीको विशेष पूजा अर्चना गर्नुभएको राष्ट्रपति कार्यालयको ट्वीटरमा उल्लेख छ । । आषाढ शुक्ल
गलेश्वर,म्याग्दी। आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधिनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । गलेश्वरदेखि बेनीसम्मको कालीगण्डकी किनारमा स्नान गर्नेको घुइँचो लागेको छ । यस्तै, म्याग्दी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रुपमा रहेको बेनीमा हरिबोधिनी एकादशीमा स्नान गर्नुका साथै
रामपुर,पाल्पा। चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ भने बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ । त्यस्तै, भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि
काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले निम्न निर्णयहरु गरेको छ । निर्णयहरु: १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । २. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने । ३. सुनको अवैध तस्करी
दोधारा चाँदनी, कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–७ शान्तिपुरका ६५ वर्षीया नारुदेवी जोशीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत कात्तिक १९ मा घर नजिकै मृत भेटिएका जोशीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज स्थानीय महेश डगौरालाई सार्वजनिक गरेको हो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका
गोरखा। गोरखाको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो । उक्त मनकामना केबुलकारको स्टेशन मेनेजर उज्ज्वल शेरचनले केबुलकारमा कार्यरत कर्मचारीको सहभागितामा मन्दिर र वरपर रहेका फोहोरलाई सङ्कलन
गलकोट,बागलुङ। आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठूलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ । त्यस्तै, जन्मजात वा अन्य कारणबाट मुटुमा समस्या देखिएको
काठमाडौं। नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् भने एमालेले यो कार्यक्रमको नाम सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थी प्रदर्शन भनेको छ । उक्त युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम
काठमाडौं। सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्