५ जेठ, तनहुँ । बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यकोे इजलासले उक्त फैसला गरेको हो ।
५ जेठ, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि वेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको पर्यटनमन्त्री किरातीले जानकारी दिए। युरोपेली सङ्घ (इयू) ले नेपाललाई
५ जेठ, एजेन्सी । बेइजिङ समय शुक्रबार बिहान १०:५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ। सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।
५ जेठ, काठमाडाैँ । पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग रु एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ । बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो । पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना
५ जेठ, पर्वत । खेतबारीमा जति मिहेनत गरिएको हुन्छ त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोज्न थालेको अवस्था छ । कतिपयले व्यावसायिक रूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् । यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेती बाली लगाउनु
५ जेठ, चितवन । कारागार कार्यालय भरतपुरमा बजेट अभावका कारण बिरामी कैदीबन्दीलाई औषधि किन्न समस्या भएपछि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ नारायणगढ इकाइले औषधि सहयोग गरेको छ । इकाइले विभिन्न ३१ प्रकारका औषधि आज कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो । इकाइका अध्यक्ष धर्मदत्त दबाडीले कारागार प्रमुख कमल आचार्यलाई औषधि हस्तान्तरण
५ जेठ, काठमाडाैँ । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले
५ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को ७६ औँ महासभामा भाग लिन आजै राति जेनेभा प्रस्थान गर्न लागेको जानकारी दिए । मन्त्री बस्नेतको नेतृत्वमा अतिरिक्त स्वास्थ्य सचिव
५ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार मध्याह्न साढे १२ बजेबाट बैठक सुरु भएको हो । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न बैठक बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ
५ जेठ, चितवन । भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् । अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म